२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपाबाट राजदूत बन्न दुई दिनमा एक सय जनाको आवेदन

ADV
मध्यान्ह
२०८१ असार १२ गते १७:४८
रास्वपाबाट राजदूत बन्न दुई दिनमा एक सय जनाको आवेदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजदूत बन्नका लागि दुई दिनमा करिब एक सय जनाले आवेदन दिएका छन् । सोमबार खुला गरिएको आवेदनमा बुधबारसम्म करिब एक सय जनाले रास्वपाबाट राजदूत बन्न आवेदन दिएका हुन् । 

रास्वपाले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । 

सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले सोही मापदण्डका आधारमा गत असार १० गते सूचना जारी गर्दै राजदूत बन्नका लागि आवेदन माग गरेको थियो ।

सोमबार बिहानबाट खुला गरिएको अनलाइन आवेदनमा बुधबारसम्म करिब एक सय जनाले आवेदन दिएको कार्यदलका संयोजक शिशिर खनालले जानकारी दिए । उक्त अनलाइन आवेदन दिने समय शुक्रबारसम्म रहेको छ ।

शुक्रबारपछि मात्र उम्मेदवार छनोटको प्रक्रिया शुरु हुनेछ । आवेदनको सूचीबाट अन्तिम उम्मेदवार यसअघिकै तीन सदस्य समितिले छनोट गर्ने कि नयाँ समितिले गर्ने भन्ने विषय टुंगो लागेको छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise