२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

हप्ताको १ घण्टा सबैले घर वरपर सफा गरौं : नगर प्रमुख अधिकारी

draupadi film
सुशान्त न्यौपाने
२०८१ माघ १२ गते २०:५४
हप्ताको १ घण्टा सबैले घर वरपर सफा गरौं : नगर प्रमुख अधिकारी

काठमाडौं : काठमाडौं टोखा नगरपालिकाले शनिबार ३५औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न गरेको छ । टोखा ३ र बुढानिलकण्ठ ६ को क्षेत्रमा पर्ने विष्णुमती करिडोर क्षेत्रमा सफाइ सम्पन्न भएको हो । सफाइ अभियानमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले भने, ‘टोखाबासीले हरेक हप्ताको १ घण्टा घर वरपर सफाइ गरिदिने हो भने १ महिनामै टोखा सफा हुन्छ । जनचेतना फैलाउन हामीले हरेक हप्ताको सफाइ कार्यक्रम गर्दै आएका छौं । जनताको सक्रिय सहभागिता गराउने लक्ष्य लिएका छौं ।’

त्यस्तै अर्को एक प्रसंगमा नगर प्रमुख अधिकारीले शुभ होम्स क्षेत्रको विष्णुमती करिडोरमा केही दिनमै आपसी समझदारीमा बाटो खुल्ने बताए । ‘शुभ होम्सको सहयोगमा सो स्थानमा करिडोर सडक निर्माण गर्दैछौं’ उनले भने । 

सफाइ कार्यक्रममा जनप्रतिनिधि, नगर प्रहरी, सशस्त्र प्रहरी, सामाजिक अभियन्ता, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, लायन्स क्लव अफ काठमाडौं लुनिभा, लायन्स क्लव अफ काठमाडौं आर्शिवाद र सफाइकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise