२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गगन थापा कतार आउँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ असार १२ गते २०:०९
गगन थापा कतार आउँदै

दोहा, कतार : नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा कतार आउने भएका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले शुक्रबार आयोजना गर्न लागेको १७औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्न उनी बिहीबार कतार आइपुग्ने तालिका रहेको छ ।

शुक्रबार ओल्ड सलातामा रहेको प्लाजा इन सभा हलमा हुने स्थापना दिवस कार्यक्रममा केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर तथा मध्यपूर्वका जनसम्पर्क समितिका सभापतिहरू समेतको उपस्थिति रहने जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए l अलिले कार्यक्रममा कतारमा रहेका सबै संघ संस्थाहरू पत्रकार बुद्धिजीबी सामाजिक अभियन्तासहित नेपाली कांग्रेसका आस्थावानहरूलाई निमन्त्रणा गरेका छन् l 

विक्रम सम्वत २०८० देखि शुरु भएको “जनतासँग नेपाली कांग्रेस” कार्यक्रमको नेतृत्व गरिरहेका गगन विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् ।  कार्यक्रम दिनको ठिक १२ बजे शुरु हुने तालिका रहेको छ l

ADVADV

सम्बन्धित खबर

Advertise