२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक

ADV
मध्यान्ह
२०८१ असार १३ गते १३:३३
सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक

काठमाडौं : गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । संसद भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । 

प्रदेशसभा सदस्य देवकोटाका अनुसार बुधबार सर्वोच्च अदालतको आदेश गण्डकी प्रदेशसभा सचिचवालयमा दर्ता भइसकेको छ । सांसद देवकोटाले ‘प्रदेशसभामा सर्वोच्चको आदेश हिजो दर्ता भएपछि आज प्रदेशसभा सदस्यका रुपमा आएको बताएका छन् ।

'माननीय सभामुखलाई भेटे, मुख्यमन्त्रीलाई भेटेँ म आएको छु भन्ने जानकारी गराएँ, आजैदेखि सहभागी हुने वातावरण बनाउनुस् भनेँ, तर मलाई खबर आएन, जान खोज्दा मर्यादापालकले एक छिन रोकिनु भनेपछि पर्खिरहेको छु', उनले भने ।

ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सुनुवाइ गर्दै सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

 

ADVADV

सम्बन्धित खबर

Advertise