२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

फरार १८ प्रतिवादी पक्राउ

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ १८ गते २२:२५
फरार १८ प्रतिवादी पक्राउ

रौतहट : रौतहटमा १८ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई २०८१ माघ १५ गते जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो । 

सजाए पाएपछि उनीहरु फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास गरी उक्त फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका गरिश महरा चमारलाई अपराध किर्ते जालसाजीमा १ सय रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै लुटपिट गाली बेइज्जती मुद्दामा शेख जाकीरलाई ७३ रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी सगीरा खातुनलाई लुटपिट गाली बेइज्जती मुद्दामा रु.६ जरिवाना तोकिएको छ । 

जितन राय यादवलाई गाली, बेईज्जती मुद्दामा जरिवाना रु.१२ जरिवाना तोकिएको छ । उमापती देवी र रूदल सहनी दुबै जनालाई कुटपिट मुद्दामा रु.१ जरिवाना तोकिएको प्रहरीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

यस्तै कोशिला देवी कल्वारलाई जालसाजी मुद्दामा  रु.१, सन्तोष कुमार जरिवानालाई रु.१, आशा देवीलाई  रु.६, रामसिहासन साहलाई रु.१० साह र साहेबलाल साहलाई  रु.१० रुपैयाँ जरिवाना तोकेको छ । 

त्यस्तै गंगाजली देवीलाई अपराध किर्ते मुद्दामा रु.५०, ललितादेवी दास अपराध, कुटपिट, लुटपिट मुद्दामा रु.५० जरिवाना तोकेको छ । 

प्रभादेवीलाई गाली, बेईज्जती मुद्दामा रु.२ सय पचास रुपैयाँ जरिवाना तोकेको छ । 

यसैगरी महेन्द्र राय यादवलाई कुटपिट मुद्दामा रु. १ सय २५ जरिवाना तोकिएको छ भने गेनालाल साह, सियाराम साह, रामनाथ साहलाई जग्गा खिचोला मुद्दामा रु. ५ सय जरिवाना तोकिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise