२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

८ वर्षिया बालिकाले ल्याइन् बालकथा संग्रह

hardik ivf
मध्यान्ह
२०८१ माघ १९ गते १५:३७
८ वर्षिया बालिकाले ल्याइन् बालकथा संग्रह

काठमाडौं : ८ वर्षीय आकृति पाण्डेले बालकथा संहह ‘द स्प्राउटिङ स्टोरिज’ ल्याएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

संस्कार पब्लिकेसनद्वारा प्रकाशित सो बालकथा संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा कथाहरू समेटिएका छन् । कलिलो उमेरमै साहित्यिक सिर्जनामा देखाएको क्षमतालाई मन्त्री पाण्डेले विशेष उल्लेख गर्दै लेखिकालाई थप प्रेरित गरेका थिए । 

जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले आकृतिको सिर्जनामा अलौकिक प्रतिभा देखिएको उल्लेख गर्दै भविष्यमा उनी विशिष्ट साहित्यकार बन्न सक्ने विश्वास व्यक्त गरे ।

लेखक शंकर कुमार प्रधानले आकृतिले कथा लेखनका मापदण्डलाई राम्रोसँग पछ्याएको र पात्रहरूको न्यायपूर्ण चित्रण गरेको बताए । 
 

ADVenergy

सम्बन्धित खबर

Advertise