रौतहट : स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित २ जना पक्राउ परेका छन । भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १६ लाख ४९ हजार २ सय रुपैयाँसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का शिवकुमार साह, मो. प्रवेज आलम रहेका सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए । बरामद गरिएको नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय पठाइएको छ ।