२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

‘जीवनोपयोगी शिक्षा आजको आवश्यकता’

मध्यान्ह
२०८१ माघ २० गते २३:१५
‘जीवनोपयोगी शिक्षा आजको आवश्यकता’

काठमाडौं : अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत गोकर्णेश्वर नगरपालिका ९ मा सञ्चालित नवअरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवसको अवसरमा विविध साङ्गीतिक एवम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले सैद्धान्तिक भन्दा पनि जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताए । 

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानको इतिहास र वर्तमान अवस्थाको समीक्षा प्रस्तुत गरेका थिए भने नवअरुणिमा मा.वि.का प्रिन्सिपल अर्जुनप्रसाद दंगालले शैक्षिक सत्र २०८०÷८१ का उपलब्धिसहित विद्यालय प्रगति विवरण प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका वरिष्ठ समाजसेवी एवं साहित्यिक व्यक्तित्व गोपालप्रसाद बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका गुठियार शम्भुप्रसाद बडाल, केशव जोशी, घनश्याम आचार्य क्षेत्री, अर्जुन शाक्य लगायतको उपस्थिति रहेको थियो । 

अभिभावकका तर्फबाट प्रतिनिधिका रुपमा प्रह्लाद कार्कीले विद्यालयको श्रीवृद्धिसहितको मन्तव्य प्रस्तुत गरेका थिए । 

विद्यार्थीहरूका गीत, नृत्य, एकाङ्की, नाटक लगायतका कार्यक्रमहरू अवलोकन पश्चात् गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले विद्यार्थीहरूलाई पढाइसँगै शैक्षिक क्रियाकलाप र सन्तुलित खानपान आवश्यक रहेको बताइन् । 

कार्यक्रममा प्रतिष्ठान अन्तर्गत सञ्चालित अन्य विद्यालय तथा कलेजका प्रिन्सिपलहरूको पनि उपस्थिति रहेको थियो । सोही अवसरमा कार्यक्रमका सभाध्यक्ष गोपाल प्रसाद बरालले आफ्नो स्व.भान्जा अमोद पराजुलीको स्मृतिमा अरुणिमा शैक्षिक प्रतिष्ठानका क्रिकेट खेलाडीहरूलाई पुरस्कार व्यवस्थापन गर्न पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँको अक्षय कोष खडा गर्ने घोषणा गरेका थिए । 
 

ADV

सम्बन्धित खबर