२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

दलित अभियन्ताविरुद्ध झूटा मुद्दा, मञ्चद्वारा विरोध

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते २३:२४
दलित अभियन्ताविरुद्ध झूटा मुद्दा, मञ्चद्वारा विरोध

रौतहट : सप्तरीको वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रौतहटका अध्यक्ष राजेश पासवानविरुद्ध लगाइएको झूठा मुद्दाको विरोध गर्दै दलित सरोकार मञ्च नेपालले भत्र्सना गरेको छ । 

मञ्चका कार्यकारी निर्देशक भोला पासवानले प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभावविरुद्ध संघर्षरत एक अभियन्तामाथि झूटा आरोप लगाएर फसाउन खोजिएको बताएका छन् । 

२०७९ सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुव्र्यवहार र आक्रमणका दोषीहरू अझै पनि कानूनी कारबाही बाहिर रहेका बेला, उनीहरूकै दबाबमा प्रहरीले पीडितलाई नै अपराधी बनाउन खोजेको सरोकार मञ्चले जनाएको छ । गत २०८१ मंसिर १९ गते वृन्दावन ८, बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवानमाथि झूठो मुद्दा लगाइनु गम्भीर अन्याय भएको दलित अगुवाहरूको भनाइ छ ।

मञ्चले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै झूटो मुद्दा तत्काल खारेज गर्न माग गरेको छ । साथै, जातीय भेदभाव तथा छुवाछूत मुद्दाका दोषीहरूलाई कानूनी कठघरामा ल्याइ कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको हो ।

विज्ञप्तिमा न्याय सुनिश्चित नभएमा दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । 
 

ADVenergy

सम्बन्धित खबर

Advertise