२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एकीकृत समाजवादीले बढायो केन्द्रीय कमिटीको आकार,सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपिने 

ADV
मध्यान्ह
२०८१ असार १३ गते १७:५८
एकीकृत समाजवादीले बढायो केन्द्रीय कमिटीको आकार,सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपिने 

काठमाडौँ । महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।

बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको हो । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो ।

पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको छ । केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्न सकिने निर्णय बैठकले गरेको छ। 

ADVADV

सम्बन्धित खबर

Advertise