२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

वाईसीएलले मनायो स्थापना दिवस

shivam cement
मध्यान्ह
२०८१ माघ २४ गते १६:२७
वाईसीएलले मनायो स्थापना दिवस

काठमाडौं : माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले ४३औं स्थापना दिवस मनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालीसहित पार्टी उपाध्यक्ष पम्फ भुसाल, उपमहासचिव शक्ति बहादुर बस्नेत, केन्द्रीय सदस्य गणेशमान पुन, वाइसीएल फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा), केन्द्रीय सदस्य सुमन देवकोटा, अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटालगायतको उपस्थिति थियो ।

त्यस अवसरमा उपाध्यक्ष भुसालले वाइसीएलको प्रशंसा गर्दै सबै परिवर्तनहरूमा वाइसीएल सधैं अग्रमोर्चामा रहि लडेको बताइन् । आन्दोलन र पार्टीमा आएको उतारचढाबकाबीच पनि वाइसीएलको भूमिकामा सधैं सक्रिय रहेको उनले भनिन् ।

वाइसीएल फ्याक्सन इन्चार्ज दीपशिखाले वाइसीएल पार्टीको आवश्यकताको स्मार्ट संगठन रहेको बताए । 

अध्यक्ष सेर्पालीले वाइसीएल नेपाल विचारसहितको स्मार्ट ब्रेन भएको युवाहरूको समूह भएको बताए । वाइसीएल समयको आवश्यकताअनुसार आफ्नो भूमिका बदल्ने तागत राख्ने उनको भनाइ थियो ।

वाइसीएलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युवा संघको अध्यक्ष भएको मितिलाई स्थापना दिवसको रूपमा मनाउँदै आइरहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise