भारत : भारत उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । गत १८ जुलाईमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा आइतबार उनको निधन भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम पनि रद्द गरेका छन् ।
कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । उनी गत वर्ष क्याबिनेट मन्त्री बनेकी थिइन् । भारतमा प्रत्येक दिन पचास हजारभन्दा बढीको संख्यामा कोरोना भइरस संक्रमित थपिँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies