२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

बाँके सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

shivam cement
मध्यान्ह
२०८१ फागुन १८ गते २०:१३
बाँके सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

दोहा, कतार : बाँके सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारसँगको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समाजले जनाएको छ ।

“रक्तदान, जीवनदान भन्ने मूल नारालाई अंगीकार गर्दै समाजले यही आउँदो मार्च ७ तारिक शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको समाजले जनाएको छ । आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं भन्ने समाजको लक्ष्य रहेको समाजका अध्यक्ष गोविन्द जङ्ग शाहले बताए ।

बिहान ८ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थित भइ एक पिन्ट रगत दान गरी पुण्य कमाउन कार्यक्रम संयोजक श्याम डिसीले अनुरोध गरेका छन् । समाजले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको बताउँदै डिसीले कतारमा स्थापित वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक, सामाजिक, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कलाकारहरू सहित सम्पूर्ण नेपालीहरूलाई रक्तदानमा सरिक हुन् समाजले आग्रह गरेको छ ।

रक्तदाताले रक्तदान गर्दा ध्यान दिनुपर्ने कुराहरू :

१) रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी वा लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य हुनुपर्ने ।

२) रक्तदाता कतार प्रवेश गरेको ४ महिना प‍ूरा भएको हुनुपर्नेछ ।

३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पूरा भएको हुनुपर्नेछ ।

४) रक्तदाता कम्तीमा ८ घण्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घण्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।

५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ  ।

६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थ्यकर्मीबाट निर्धारण गरे बमोजिम हुनपर्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise