२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे : सचेतक शाही

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १४:४०
प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे : सचेतक शाही

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनका लागि विदेशीसँग पैसा मागेर आएको आरोप लगाएका छन् । ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बाेल्दै उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि नभइ आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनका लागि विदेशीको अगाडि पैसा मागेको आरोप लगाएका हुन् । 

उनले भने, ‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो । देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेका थियौं । उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा माग्नुभयो । एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्था राम्रो भएन । यसले जनतालाई प्रतिनिधित्व गर्दैन ।’

उनले एउटै व्यक्ति पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने तर देशका ५५ लाखभन्दा बढी युवा अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता रहेको बताउँदै आक्रोस पोखे ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise