२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा

Nada
२०८१ फागुन २३ गते ११:४१
Shares
राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा

मकवानपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही फागुन २९ मा थाहानगर आउने भएका छन् ।

ncell

थाहा नगरपालिकामा आयोजना हुन लागेको राप्रपा थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाहीसहित केन्द्रीय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह थाहा नगरपालिका आउने कार्यक्रम रहेको राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङले जानकारी दिए ।

२९ गते शिखरकोटमा राप्रपाको दोस्रो नगर अधिवेशन हुँदैछ । अधिवेशनले अबको ४ वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला सदस्य दिपक थापाले जानकारी दिए ।
 

ताजा खबर

सम्बन्धित खबर