२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते १२:३०
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौंः काठमाडौं महानरपालिका–२६ मित्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
परेका छन् । 

मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका–१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise