२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने प्रयास

hardik ivf
मध्यान्ह
२०८१ फागुन २९ गते १८:२५
परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् ।  भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी नयाँ दिल्ली पुगेकी हुन् । 

मन्त्री डा. राणालाई नयाँ दिल्लीमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरका थिए । 

मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा १७ मार्चदेखि १९ सम्म नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् ।

मन्त्री डा. राणाले कार्यक्रममा ‘जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ?’ नामक अलग–अलग सेसनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले यसैअन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यस कार्यक्रमका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा. एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ ।

परराष्ट्रमन्त्रीले नयाँदिल्लीस्थित नेपाली राजदूत  शर्मामार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटका लागि पहल गरिरहेकी छिन् ।
राजदूत शर्माले दुई नेताबीच भेटको वातावरण मिलाउन पहल गरिरहेको बताइए पनि यसको अझै पुष्टि भएको छैन । लामो सयमपछि दुई समकक्षीबीच भेट हुने भने पक्का भएको छ ।

यसअघि ३ भदौमा भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

भेटमा परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी थिइन् । तर न त मोदीले अहिलेसम्म निम्तो स्वीकारेका छन् न त ओलीलाई नै बोलाएका छन् । भारतले निम्तो नदिएपछि ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमण गरेर बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर आइसकेका छन् ।

परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाले योसहित तेस्रो पटक दिल्ली भ्रमण हमो । 
 

ADV

सम्बन्धित खबर

Advertise