२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रुखले च्यापिएर दुई जनाको मृत्यु

shivam cement
कुलेन्द्र शाही
२०८१ चैत १ गते १३:२०
Shares
रुखले च्यापिएर दुई जनाको मृत्यु

सुर्खेत : दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भैरवी गाउँपालिका–५ ढाडगाँउ स्थित सियाला सामुदायिक वनको खाल्डाँडा भन्ने स्थान स्वर्गीय बाल कुमारी शाहीको वार्षिक पुण्य तिथिका लागि दाउरा काट्न गएका दुई जनाको रुख ढाल्ने क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उनकाअनुसार सल्लाको रुख ढाल्ने क्रममा उक्त रुखले उनीहरूलाई चोट पुर्‍याएको र उपचारका लागि घरतर्फ ल्याउने क्रममा उनीहरूको मृत्यु भएको हो ।

हाल घटनास्थलमा प्रहरी चौकी भैरवीबाट सहायक निरीक्षक ललित रावलको नेतृत्वमा २ जना र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक देविराम भण्डारीको नेतृत्वमा ५ जनाको प्रहरी टोली खटिएको छ । 

सम्बन्धित खबर