२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मतभेद होइन, समन्वयको खाँचो

ADV
मध्यान्ह
२०८१ जेठ २२ गते ०७:४६
मतभेद होइन, समन्वयको खाँचो

प्रमुख सत्तारुढ नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप चलिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्तिमार्फत् बालेनको विरोध गरेका थिए । ओलीको संकेत पाएपछि एमालेका कार्यकर्ता सडक प्रदर्शनमा उत्रने र मेयर बालेनलाई असहयोगको नीति लिएको देखिन्छ । देशकै पूर्वप्रधानमन्त्री एवं प्रमुख सत्तारुढ दलकै अध्यक्षले महानगरको मेयरविरुद्ध पुरा शक्ति लगाएर उत्रिनु परेको संभवतः यो पहिलो राजनीतिक घटना हो । किनकि देशकै प्रमुख नेता एवं पूर्वप्रधानमन्त्रीको अगाडि एक जना मेयरसँग धेरै सीमा हुन्छन् । मेयरले गर्न सक्ने र गर्न नसक्ने निर्णय संविधानतः सीमाबद्ध हुन्छन् । तर व्यवहारमा भने एमाले र मेयर बालेन आमने–सामने देखिन पुगेका छन् । 

जबकी राजधानी शहर रहेको मेयरलाई देशका प्रमुख नेताहरुको साथ हुनुपर्ने हो । राजधानीका मेयरले पनि प्रधानमन्त्री सहित देशका ठूला शक्तिहरुको साथ लिएर अगाडि बढ्दा राम्रो हुने हो । तर गैरदलीय उम्मेद्वारी दिएर मेयर जितेका बालेन दलहरुप्रति चरम अहिष्णु छन् । उनी लगातार दलहरुप्रति चर्को आक्रोश पोख्दै आएका छन् । त्यही आक्रोश मेयर जित्ने आधार समेत थियो । तर मेयर जितेपछि पनि लगातार दलहरुप्रतिचर्को आक्रोश पोख्ने क्रममा बलियो शक्ति एमालेविरुद्ध बालेन भिड्न पुगेका छन् । विशेषगरी एमालेले नेतृत्व गरेको भौतिक पूर्वाधार एवं यातायातमन्त्रीसँगै बालेन भिड्न पुगेपछि मतभेद सतहमा आएको छ । मेयर बालेनसँग संघीय सत्ताको नेतृत्वकर्ता शक्तिहरुसँग देखिएको मतभेद पहिलो पटक होइन । सिंहदरबार र यसको नेतृत्वकर्ताप्रति मेयर बालेनले लगातार आक्रोश पोख्दै आएका छन् । 

मेयर बालेनको सिको अरुतिर समेत हुन थालेको छ । त्यो भनेको संघीय र प्रदेश सरकारसँग समन्वय नभएर भिडेर अस्तित्व निर्माणको विकल्प स्थानीय सरकारहरुले अपनाउन थालेको देखिन्छ । जबकी तीन तहकै सरकारलाई संविधानले एकअर्काको अधिकार र समन्वयबारे प्रष्ट पारिदिएको छ । संविधानले दिएको अधिकार बमोजिम कार्य सम्पादन तीन तहकै सरकारको दायित्व हो । तर एकले अर्कालाई खराब देखाउने प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ । त्यस्तो प्रवृत्तिको अगुवाई स्वतन्त्र जितेका मेयरहरुले गरिरहेका छन् । काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङले संघीय सरकारसँग भिड्ने नीति लिएको छ । सामाजिक सञ्जालको साहरा लिएर उनीहरुले मतभेदमै र मुकाबिलामा आफ्नो स्पेश देखिरहेका छन् । तर जसरी चुनाव जिते पनि कार्य सम्पादनका क्रममा आवश्यक समन्वय जरुरी विषय हो । 

ADVADV

सम्बन्धित खबर

Advertise