बझाङ : त्रिभुवन विश्वविद्यालय अन्तर्गत बझाङका तीन क्याम्पसमा शान्तपूर्णरूपमा स्ववियु निर्वाचनको मतदान सम्पन्न भएको छ । बझाङको बुंगल नगरपालिकामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा जम्मा मतदाता २ सय ५३ जना रहेकोमा १ सय ९० मत खसेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको त्रिवेणी बहुमुखी क्याम्पसका मतदान अधिकृत लक्ष्मीराज भारतीले बताए ।
केदारस्युँ गाउँपालिकामा रहेको बझाङदिप बहुमुखी क्याम्पसमा ५ सय १८ जना मतदाता रहेकोमा ३ सय ३४ मत खसेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी रहेको बझाङदिप बहुमुखी क्याम्पसका मतदान अधिकृत प्रेम प्रसाद जाेशीले बताए ।
यस्तै वित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा बहुमुखी क्याम्पसमा ३ सय ३८ मतदाता रहेकोमा २ सय ३३ मत खसेको छ । यहाँ पनि मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी रहेको मतदान अधिकृत हिक्मत स्याँडाले बताए ।
त्रिभुवन विश्वविद्ययालय अन्तर्गत ८ वटा क्याम्पस रहेको बझाङ जिल्लामा दुई क्याम्पस खापर देव बहुमुखी क्याम्पस र थलारा बहुमुखी क्याम्पसमा विद्यार्थी कम भर्ना भएको भन्दै स्ववियुको निर्वाचन स्थगित गरिएको छ । दुई वटा क्याम्पस सेती बहुमुखी क्याम्पस र शान्ति आदर्श बहुमुखी क्याम्पसमा भने निरविरोध नेतृत्व चयन भइसकेको छ ।