काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा ललितपुरको पाटन संयुक्त क्याम्पसमा विवाद हुँदा विद्यार्थीहरुबीच झडप भएको छ । झडपमा परी एक जना घाइते भएका छन् ।
स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको हो ।
चुनावका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बीच विवाद भएपछि झडप भएको हो ।
विद्यार्थीहरुबीच झडप भएपछि मतदान स्थगित भएको छ ।