काठमाडौँ : कैलालीमा स्ववियुको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार क्याम्पस र अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ । अनेरास्ववियुले भने कुनै पनि क्याम्पसमा जित निकाल्न सकेको छैन ।
नेविसंघले फूलबारी बहुमुखी क्याम्पस (भुवन जोशी), मोहन्याल बहुमुखी (झंकर बुढा), रघुनाथ बहुमुखी क्याम्पस (रञ्जित परियार) र वीरेन्द्र बहुमुखी क्याम्पस (गोपाल खत्री)मा जितेको छ । मतगणना जारी रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि नेविसंघले नै अग्रता लिइरहेको छ ।
यस्तै, अखिल क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पस (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पस(विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेज (सुन्दर गौतम) मा जितेको हो ।
चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीले १२५ बराबर ल्याएका छन् । घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन् ।