२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

हत्या गरेको अभियोगमा २ जना पक्राउ

shivam cement
२०८१ चैत १२ गते १७:२५
Shares
हत्या गरेको अभियोगमा २ जना पक्राउ

भक्तपुरः मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।  

मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित खबर