२०८१ चैत २४ गते आइतवार / Apr 06 , 2025 , Sunday
२०८१ चैत २४ गते आइतवार
Ads

पोर्चुगलमा नेवार समुदायले बिस्का जात्रा मनाउँदै

draupadi film
भरत प्रधान
२०८१ चैत २३ गते २०:३८
पोर्चुगलमा नेवार समुदायले बिस्का जात्रा मनाउँदै

लिस्बन : पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा नखः मनाउने भएका छन् । 

नेवाः खल पोर्चुगलको आयोजनामा यही अप्रिल १५ तारिख मंगलबारका दिन राजधानी लिस्बनमा बिस्का जात्रा मनाउन लागिएको हो ।

खलले लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टको हलमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित भव्यताका साथ जात्रा (नखः) मनाउने भएको हो ।

नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र पहिचानको सम्बद्र्धन, प्रवद्र्धन र जगेर्ना गर्ने उद्देश्य अनुरुप विदेशी भूमिमा समेत बिस्का जात्रा मनाउन लागिएको खलका संयोजक अमृतरत्न शाक्यले जानकारी दिए । 

नेवारी कला र संस्कृतिको माध्यममार्फत पोर्चुगलमा छरिएर रहेका नेवार समुदायलाई एकत्रित गर्न, आपसी मेलमिलाप, सहकार्य र भाइचारालाई थप प्रगाढ बनाउन जात्राको आयोजना गरिएको शाक्यले बताए । 

कार्यक्रममा नेवारी धर्म र परम्परा अनुसार भैरवको विशेष पूजाआराधाना गरिनेछ भने नेवारी संस्कार अनुसारको समयबजी, टीकाटाला, ध्वजा र सगुन ग्रहण तथा शुभकामना आदानप्रदानको कार्यक्रम तय भएको खलले जनाएको छ ।

सो अवसरमा नेपाली तथा नेवारी खानाका परिकारका साथमा नेवारी कला र संस्कृति झल्कने खालका साँस्कृतिक झलकहरु समेत प्रस्तुत हुने बताइएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलबासी नेवार समुदायलाई खलले विशेष आग्रहसमेत गरेको छ ।

 

ADV

सम्बन्धित खबर

Advertise