२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

आँखा शिविरबाट ६७४ जना लाभान्वित

draupadi film
मध्यान्ह
२०८२ वैशाख ६ गते १४:४७
आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम : बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केवरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् । शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ । 

त्यस अवसरमा बिरामीहरूको नि:शुल्क रूपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेशन र स्थानीय पालिकाहरूको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए ।

शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरूको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जल विन्दु विशेषज्ञ डा. दीक्षा मल्लले जानकारी दिए। उनका अनुसार महोत्तरीको गौशाला, औरही, भंगहा बर्दिबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

गत माघ  ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा. दीक्षा मल्ल, कोर्निया विशेषज्ञ डा. लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा. साकेत पराजुली तथा डा. उमेश साहले सेवा दिएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise