२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

मध्यान्ह
२०८२ वैशाख ११ गते १६:५८
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौं : नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई शपथ खुवाएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित् थिए । 

नेकपा (एमाले) का सांसद पन्तलाई बुधबार मन्त्री नियुक्त गरिएको थियो । यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यसै साता राजीनामा दिएकी थिइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर