२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

गजल

shivam cement
२०८१ असार २२ गते ०६:२०
गजल

–शिशिर बुढाथोकी 

यो देशको अझै धेरै बर्बादी देख्दैछु
पाउदेखि शिरसम्म राष्ट्रघाती देख्दैछु ।।

कहीँ कतै देशभक्तिको आवाज गुन्जिएनन्
जताततै भ्रष्टाचारको वर्षादी देख्दैछु ।।

आस्था र विश्वास भरोसा नि गुमेको छ
भाइभाइ फुटाउने छुट्टै प्रजाती देख्दैछु ।।

पुर्खाको वलिदान भुल्ने धर्म अनि सस्कार बेच्ने 
कहिँ कतै कपुतका सन्तान छोरानाती देख्दैछु ।।

वीर गोर्खाली विरहरूको सन्तान हामी 
आज थरथर काप्ने खुम्चिएको छाती देख्दैछु ।।

ADV

सम्बन्धित खबर

Advertise