२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

गजल

Nada
२०८१ असार २२ गते ०६:२५
Shares
गजल

–राजनारायण राई

ncell

सारा विश्वले हरियो परियोलाई धन भन्छन्
मान्छेले चिसो हावामा भरियो मन भन्छन् ।।

रोप्नेहरूले रोप्दैछन् फाड्नेहरूले फाडीसके
बुझ्नेले चाहीँ राम्रो स्वच्छ वातावरण भन्छन् ।।

वर पिपल रुख रोप्नु शितल हुन्छ छहारी अनि
त्यही रूखले हुरी बतासमा गर्छ पतन भन्छन् ।।

बर्षा झरीले भल पैह्रो चलिरहने यस्तो ठाउँमा
रूख पात रोप्दा माटोलाई दिन्छ जिवन भन्छन् ।।

जहाँ–जहाँ हुन्छ वन जंगलको रमणीय परिवेश 
त्यहाँ हुन्छ पशुपंक्षीको स्वतन्त्र बथन भन्छन् ।।

ताजा खबर

सम्बन्धित खबर