२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

लडेर डोल्पामा दुई जनाको मृत्यु

पुर्ण कुमार
२०८२ वैशाख १२ गते ११:३८
लडेर डोल्पामा दुई जनाको मृत्यु

डोल्पा : डोल्पामा  भिरालो गोरेटो बाटोबाट लडेर दुई जनाको मृत्यु भएको छ । 

तिब्ला तातोपानी जोड्ने गोरेटो बाटो हुँदै बिहीबार राति कामको शिलशिलामा तातोपानीदेखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो लडेर रोल्पाको सुनछहरी गाउँपालिका-३ की अन्दाजी ३२/३३ वर्षकी पार्वती घर्ती मगर र रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ का वर्ष १८ का किरण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । 

उनिहरु  ठुलीभेरी नगरपालिका-३ तिप्ला गाउँमा केही समय आगाडिदेखि मजदुर काम गर्दै आएका थिए । उनीहरु भिरबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए । 

उनीहरुको शव पोस्टमार्टमका लागि  जिल्ला अस्पताल दुनैमा पुर्‍याइएको प्रहरी निरीक्षक  बस्नेतले जानकारी दिए ।

ADV

सम्बन्धित खबर