काठमाडौंः राष्ट्रिय सभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।
शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाए ।
लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका ज्ञातरअज्ञात शहीदहरुप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गरे। साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।
शोक प्रस्ताव लाई सभाले सर्वसम्मतिले पारित गर्यो । बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यहरुले १ मिनेट उठेर मौन धारण गरे । राष्ट्रिय सभाको अर्को बैठक वैशाख १४ गते आइबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रबारको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।