२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ वैशाख १६ गते १८:१८
Shares
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर