२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नक्कली नोटसहित एक जना पक्राउ

shivam cement
२०८२ वैशाख १७ गते १४:५२
Shares
नक्कली नोटसहित एक जना पक्राउ

मोरङः विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोटसहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर