काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले सोमबार प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार आईजीपी थापाले दज्र्यानी लगाएका हुन् ।
बढुवासँगै उनीहरूको पदस्थापनसमेत भएको छ । खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा, आचार्यलाई कार्य विभागमा, शर्मालाई प्रशासन विभागमा, कार्कीलाई मानव स्रोत विभागमा, अधिकारीलाई अपराध अनुसन्धान विभागमा र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।