२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

मधेश बालिका सम्मेलन सुरु

मध्यान्ह
२०८२ वैशाख १७ गते १७:१५
मधेश बालिका सम्मेलन सुरु

जनकपुरभाम : जनकपुरधाममा मधेश बालिका सम्मेलन सुरु भएको छ । 
‘सक्षम बालिका, समृद्ध मधेश’ नाराका साथ २ दिनृ सम्मेलन बुधबारदेखि सुरु भएको हो । 
सम्मेलनमा मधेशका ८ जिल्लाका करिब ६० जना बालिकाको सहभागिता छ । सम्मेलनले मधेशका बालिकाले भोग्दै आएका बालविवाह, भागी विवाह, दहेज र विभेदलाई चिर्न कार्यदिशा तय गर्नेछ ।
सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले बालिका संरक्षणका लागि प्रदेश सरकार चुप लागेर नबसेको बताए । 
उनले बालिकाको अधिकार र हकहितका लागि प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएको र त्यसलाई नै टेकेर बेटी जिन्दावाद कार्यक्रम कार्यान्वयन गर्न लागेको बताए । 
प्रदेश सांसद एवं बालबालिका समितिकी सभापति रुपा यादवले विवाह गर्ने उमेर १८ वर्षमा झार्ने बहसको औचित्य नरहेको बताइन् । ‘१८ वर्ष विवाहका लागि तोक्नु राम्रो होइन,’ उनले भनिन्, ‘विवाहका लागि मात्र छोरी जन्मिएको भाष्य हटाउनुपर्छ ।’
उनले भनिन्, ‘विवाहको उमेर २० वर्ष तोकिएपनि कमै उमेरमा भागेर विवाह गर्ने चलन बढेको छ । जुन दुःखद हो ।’
धनुषाकी बालिका प्रतिमा यादवले सानै उमेरदेखि नै विवाह गर्ने दबाबमा मधेशका बालिका रहेको बताइन् । उनले विवाह २० वर्ष नपुगी गर्न नहुने बताइन् । 
खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा बाल विवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालले आयोजना गरेको बालिका सम्मेलनमा धनुषाका बालबालिकाले बाल विवाह, भागी विवाह, दहेज र विभेदविरुद्ध ’इज्जोत’ नाटक प्रदर्शन गरेका थिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर