२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

गृहमन्त्री लेखकसँग भारतीय नेताको भेट

मध्यान्ह
२०८२ वैशाख १७ गते १७:१९
गृहमन्त्री लेखकसँग भारतीय नेताको भेट

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा काठमाडौं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मू कश्मीरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुःखद भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए । मन्त्री लेखकले नेपाल–भारतबीचको सदियौं देखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए ।

यस्तै, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे । ‘नेपाल–भारतबीचको सम्बन्ध दृढ छ । कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन,’ उनले भने । उनले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे । 

ADV

ताजा खबर

सम्बन्धित खबर