काठमाडौं : धादिङको रुवीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना भएको छ । गृहमन्त्री रमेश लेखकले बीओपीको उद्घाटन गरेका हुन् ।
धादिङ सदरमुकामबाट ७०–७५ किलोमटर टाढा र २२ सय मिटर उचाइमा रहेको यस बीओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ ।
सशस्त्र प्रहरीले उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना गरिसकेको छ ।
योसँगै छिमेकी मुलुक चीनतर्फको सीमातर्फ ११ र भारततर्फको सीमामा २४४ गरी २५५ वटा बीओपी स्थापना भइसकेको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिए ।