२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

मध्यान्ह
२०८२ वैशाख ३१ गते १९:१७
माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

काठमाडौं : पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा–३२ लामेआहालमा दुर्घटना भएको हो । 

चालक सहित १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई उपचारक लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।

‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको जस्तो देखिन्छ’, एसपी ओलियाले भने ।

ADV

सम्बन्धित खबर