२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

रुसी सेनामा नेपालीको भर्ना रोक्न आग्रह

मध्यान्ह
२०८२ जेठ १ गते १६:४२
रुसी सेनामा नेपालीको भर्ना रोक्न आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपाली नागरिकहरूको भर्ना प्रक्रिया तत्काल रोक्न रुसी सरकारसमक्ष आग्रह गरेका छन् ।

उनले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नरहेको स्पष्ट पार्दै राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष यो सन्देश पु¥याइदिन रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभलाई आग्रह गरेका हुन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री ओलीले उक्त विषय उठाएका हुन् ।

प्रधानमन्त्री ओलीले रुसी सेनामा नेपालीहरूको भर्ना नेपालको स्थापित मान्यता र दुई देशबीचको सम्झौताविपरीत भएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रमुख कासिकोभले अब उप्रान्त रुसी सेनामा नेपालीहरूको भर्ना नगरिने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले प्रधानमन्त्री ओलीको सन्देश राष्ट्रपति पुटिनसमक्ष पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरेको बताइएको छ ।
 

ADV

सम्बन्धित खबर