काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले शुक्रबारदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरू गर्दैछ ।
अभियान बैतडीको पाटनबाट अभियान सुरू हुनेछ । अभियानका लागि बैतडी जान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू बिहीबार धनगढी पुगेका छन् ।
यो अभियान जेठ महिनाभर चल्ने माओवादीले जनाएको छ । अहिलेका लागि जेठ १० गतेसम्मको कार्यक्रम निश्चित भएको छ ।
अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा बिहीबार माओवादी अध्यक्ष दाहालले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।
भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने उनले प्रतिबद्वता जनाए ।