२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

महिला हिंसा न्यूनीकरण गर्न प्रतिबद्धता

महमद सदाब
२०८२ जेठ १ गते २१:०३
महिला हिंसा न्यूनीकरण गर्न प्रतिबद्धता

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला हिंसा न्यूनीकरण गर्न महागरपालिका लागि परेको बताएका छन् । 

कानुनी सहायता तथा परामर्श केन्द्रसँगको छलफलका क्रममा उनले समाजमा भइरहेको महिलामाथिको हिंसा र दमनलाई न्यूनीकरण गर्न महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । 

‘समाजका विकृतिलाई रोक्न विभिन्न कार्यक्रम गरेर रोक्ने प्रयास गरिरहेका छौं’ उनले भने, ‘यस्तो कार्यक्रममा हाम्रो साथ र सहयोग सहनेछ ।’

लैंगिक हिंसा अन्त्य गर्न र महानगरमा परेका उजुरीहरूको बारेमा न्यायिक समितिमा मुद्दाहरूको छिनोफानो गर्न, आवश्यक कानुनी सहयोग गर्न कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए । 

छलफलका कार्यक्रममा जानकी मलाइ जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम  संयोजक संजय पौडेल लगायतको  सहभागिता रहेको थियो । 

ADV

सम्बन्धित खबर