२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

हावाहुरी चल्दा च्यापिएर ३ जनाको मृत्यु

मध्यान्ह
२०८२ जेठ २ गते १८:३१
हावाहुरी चल्दा च्यापिएर ३ जनाको मृत्यु

काठमाडौं : अचानक चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा ३ जनाको मृत्यु भएको छ ।

हावाहुरीले रूख र प्रतीक्षालय ढल्दा नवलपरासीको सुनवलमा २ जना र कपिलवस्तुमा १ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपरासीको सुनवल नगरपालिका–७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको रूख ढलेर प्रतीक्षालय भत्किँदा मृत्यु भएको हो ।

घटनामा ४० वर्षीया नरमति परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । 
यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवामा आँपको रूख ढलेर च्यापिँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार हावाहुरीका कारण आँपको रूख ढलेर च्यापिँदा स्थानीय १४ वर्षीय सुखना केवटको मृत्यु भएको हो ।
 

ADV

सम्बन्धित खबर