तेजबहादुर बन/ मध्यान्ह
इटहरी । इलाका प्रहरी कार्यालय इटहरी पछिल्लो समय ठगीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न सफल बनिरहेको छ ।
पछिल्लो एक साता यता प्रहरीले ठगीसहित बिभिन्न अपराधमा संलग्न ५ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीले नक्कली सुनको लकेट देखाएर जग्गा कारोबारी हुँ भन्दै सर्वसाधरणबाट लाखौं ठगी गर्ने, स्कुटर चोरीमा संलग्न, बालिकालाई जबरजस्ति करणी गरेको अभियोगसहित ५ जनालाई सार्वजनिक गरेको हो ।
इटहरी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) अर्जुन केसीका अनुसार जग्गा कारोबार गर्ने ब्यक्ति रहेको बताउँदै इटहरी ८ गैसारका यज्ञ बिक्रम ठकुरीबाट ४ लाख ठगी गरेको आरोपमा सुनसरी इनरूवा नगरपालिका १० वस्ने ४१ वर्षीय जल्लाउदिन मीया र इटहरी उपमहानगर ९ का २० वर्षीय फैजान आलमलाई पक्राउ गरेको हो ।
उनीहरूले ठकुरीलाइ राम्रो जग्गा मिलाइदिने भन्दै आफूसँग भएको १० वटा सुन जस्तो देखिने लकेट दिएर ४ बजेभित्र पैसा फिर्ता गरिदिने सर्तमा रू ४ लाख लगेका थिए । प्राप्त गरेको लकेट नक्कली भएको पुष्टि भएपछि ठगीएको भन्दै ठकुरीले प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा प्रहरीले गत ९ गते आलमलाई इटहरीबाट र मियालाई इनरूवाबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकामध्ये जलाउद्धिन मिया जग्गा दलालीमा संलग्न रहेको बुझिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका मियाको साथबाट प्रहरीले सुनसरी पोस्ट नाम गरेको अनलाइनको नाममा बनाइएको पत्रकार परिचय पत्र र भिजिटिङर्काडसमेत बरामद गरेको जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीले स्कुटर चोरीको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैंक अघाडीबाट पार्किङ गरि राखिएको ३७ प ८१०५ को स्कुटी चोरी भएको थियो ।
स्कुटी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ बुडिगाउपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र सोही स्थान बसोबास गर्ने वर्ष २७ का अर्विन मगरलाई पक्राउ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरी ४ का ४० वर्षीइ प्रेम निरौलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
निरौलाले पहाडी जिल्लाबाट अध्यनको शिलशिलामा आएकी बालिकालाई आफ्नै घरको कोठा भाडामा दिएर बिवाहको प्रलोभन देखाई जबरजस्ती करणी गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
निरौलाले श्रीमतीसँग सम्बन्ध बिग्रदै गएको र चाँडै बेहुली बनाउने भन्दै अश्लिल भिडियोहरू खिचेर ब्ल्याकमेलिङ गर्दै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका निरौला बिरूद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई आवस्यक अनुशन्धान अघि बढाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies