कपिलवस्तु : सन् २०२५ का लागि हिजरी हज गर्न साउदी अरेबिया जान लागेका १४४६ नेपाली तीर्थयात्रीहरूकोपहिलो समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहकाबीच बिदाइ गरिएको छ । नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत साद बिन नासेर अबु हैमेदले उनीहरुलाई बिदाइ गरेका हुन् ।
राजदूत अबु हैमेदले तीर्थयात्रीहरूलाई सम्बोधन गर्दै साउदी अरेबियाले हज यात्रालाई सफल, सुरक्षित र आध्यात्मिक बनाउने दिशामा सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुलअजीज अल साउद र युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले हज यात्रुहरूको सेवा र सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए ।
उक्त कार्यक्रममा नेपालका माननीय गृहमन्त्री रमेश लेखकको विशेष उपस्थिति रहेको थियो । मन्त्री लेखकले नेपाली तीर्थयात्रीहरूलाई शुभकामना दिँदै साउदी अरेबियाको सरकारलाई उत्कृष्ट सेवा र सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले बुद्धिमानी नेतृत्वले हज यात्राको व्यवस्थापनमा देखाएको समर्पण र संयोजनको प्रशंसा गरे ।
यस अवसरमा नेपाल हज समितिका अध्यक्ष इसरा मुल्लामिया, मुस्लिम आयोगका अध्यक्ष, नेपाल हज समिति तथा विभिन्न इस्लामिक संघका पदाधिकारीहरू समेत उपस्थित थिए । समारोहले नेपाल–साउदी सम्बन्धको सुदृढताको प्रतिविम्ब प्रस्तुत गर्नुका साथै हज यात्राको आध्यात्मिक महत्वलाई उजागर गरेको थियो ।