२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

व्यवसायी बोहराको निधन

मध्यान्ह
२०८२ जेठ ५ गते ११:३७
व्यवसायी बोहराको निधन

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी विष्णु बोहराको निधन भएको छ । काठमाडौंको धापासीस्थित गुडविल इन्टरनेशनल प्रा.लि.का संचालक बोहराको सोमबार बिहान ४८ वर्षको उमेरमा निधन भएको हो ।

धापासीस्थित फिटनेस क्लबमा बिहान ब्याडमिन्टन खेल्ने क्रममा उनी एक्कासी ढलेका थिए । त्यसपछि उनलाई बसुन्धारास्थित ग्रिनसिटी अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको हृदयाघातका कारण निधन भएको अस्पतालले जनाएको छ । 

बोहराको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । बोहराका आमा, श्रीमती, ४ छोरी र १ छोरा रहेका छन् ।

यसैबीच बोहराको निधनको खबर पाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङसहित व्यवसायीहरु ग्रिनसिटी अस्पताल पुगेका थिए । उनीहरुले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै एक कुशल व्यवसायी गुमाउनुपर्दा पीडा महसुस भएको बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर