२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

एनओसी लिएर मात्रै भारतहुँदै तेस्रो मुलुक जान दूतावासको अनुरोध

shivam cement
मध्यान्ह
२०८२ जेठ ५ गते १५:५७
एनओसी लिएर मात्रै भारतहुँदै तेस्रो मुलुक जान दूतावासको अनुरोध

काठमाडौं : नो अब्जेक्सज सर्टिफिकेट (एनओसी) आवश्यक पर्ने देशको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा दूतावासद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतहुँदै अनुरोध गरेको छ ।

भारतीय विमानस्थलहुँदै मध्यपूर्वका देशहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढ्न थालेपछि नेपाली पनि अलपत्र पर्न सक्ने भन्दै नेपाली दूतावासले श्रम स्वीकृति वा एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको हो ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै भारत हुँदै एनओसी आवश्यकता पर्ने देशहरूको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा नेपाली दूतावास नयाँ दिल्लीद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको हो ।

‘पछिल्लो समयमा भारतीय विमानस्थल हुँदै मध्यपूर्वका केही देशहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति र एनओसी देखाई अध्यागमन पार गर्न खोज्नेको संख्या बढी रहेको जानकारी भारत सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त हुन आएको छ । यसरी, नक्कली कागजातहरू प्रयोग गर्न खोज्ने व्यक्तिहरूलाई भारतीय अद्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा पठाइएका व्यक्तिहरूको संख्यामा पनि सोही अनुरुप वृद्धि हुँदै गइरहेको सूचनाप्रति यस दूतावासको ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ ।

दूतावासले एनओसीको आवश्यकता पर्ने देशहरूको सूची, एनओसी प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया, पेश गर्नुपर्ने कागजातहरू र बुझाउनु पर्ने दस्तुर सम्बन्धी विस्तृत  जानकारी दूतावासको वेभसाइटमा प्राप्त गर्न सकिने समेत जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise