२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

सिंहदरबारमा बोतल र जारको पानी बन्द

मध्यान्ह
२०८२ जेठ ५ गते १७:२७
सिंहदरबारमा बोतल र जारको पानी बन्द

काठमाडौं : सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण औपचारिक रूपमा सुरु भएको छ । 

सोमबार सिंहदरबार परिसरमा खानेपानीमन्त्री प्रदीप यादवले पानी पिएर खानेपानी वितरणको शुभारम्भ गरेका हुन् ।
मन्त्री यादवले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने बताए । ‘अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति हुन्छ’, मन्त्री यादवले भने ।

उनले यो केवल सुरुवात मात्र नभएको भन्दै सुशासन, पारदर्शिता र जनताको सेवा गर्नेतर्फको प्रतिबद्धता पनि रहेको पनि बताए । उनले खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको पनि उल्लेख गरे ।
 

ADV

सम्बन्धित खबर