२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

आमाको किरियासँगै प्रशासकीय काममा अधिकारी

ADV
लेखनाथ सिकारु
२०८१ असार २४ गते २०:१७
आमाको किरियासँगै प्रशासकीय काममा अधिकारी

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी यतिबेला आमाको काजक्रियामा छन् । काजक्रियासँगै उनी गाउँपालिकाको प्रशासकीय काम पनि गरिरहेका छन् । आर्थिक वर्षको अन्तिम समयमा सेवाग्राहीहरुलाई कुनै समस्या नपरोस् भन्ने उद्देश्यले उनले आमाको काजकिरियासँगै पालिकाको काम पनि गरेका हुन् । अधिकारीकी आमा  मेनकादेवीको निधन भएको ६ दिन भएको छ । 

आर्थिक वर्षको अन्तिम अवस्था छ, काम सकेर भुक्तानी पाउनुपर्ने अवस्थामा सेवाग्राहीहरुलाई दुःख नहोस् भन्ने उद्देश्यले आफूले प्रशासकीय काम गर्नु परेको अधिकारीको भनाइ छ । 

आइतबार उनले काजक्रिया बसिरहेका बेलामा सम्बन्धित कर्मचारी साथीहरुलाई सबै फायल लिएर आउन भनेका थिए र प्रक्रियामा रहेका कामकाजको भुक्तानी सदर गरेका थिए ।  भुक्तानी प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको दस्तखत अनिवार्य रहने गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने,‘मैले सम्बन्धित कर्मचारी साथीहरुलाई प्रक्रियामा रहेका सबै फायल लिएर आउन भनेको थिए । प्रक्रियामा पुगेका कामकाजको भुक्तानी सदर गरेको छु ।’काजक्रिया र सुत्केरी समयमा कानूनले बिदा दिएकै भएपनि आफ्नो दायित्व र समुदाय र सेवाग्राही प्रतिको उत्तरदायीत्वलाई ख्याल राखेर काम गर्नुपरेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise