-अच्युतप्रसाद पौडेल ‘चिन्तन’
असल घरबाट, राम्रो समाज, राम्रो समाजबाट गाउँ, नगर र समग्र देश अनि संसार राम्रो हुने हो । । हिजो आज घर परिवार नै बेढंगको हुन थाल्नाले पूरै गाउँ, बस्ती र समग्र देशको स्थिति नै बिग्रेको अवस्था छ । आफूँ बूढो नभएसम्म बाबु आमाको महत्व थाहा हुन्न भने रोएर वा धम्क्याएर जित्न सकिने भनेको बाबु आमा अभिभावकलाई नै हो, संसारलाई जित्न त संघर्ष नै गर्नुपर्छ । मानिस सदैव सुखको खोजी गर्छ तर, यो बोटमा फल्ने विषय होइन । परिश्रम र मिहिनेत बिना सुख सम्भव छैन । खुशी पनि बजारमा खरीद गरिने विषय होइन । एउटा सानो उदाहरण : एउटा परिवारमा ३ भाइ छोराहरु भिन्न हुन खोजेछन् । प्यारो कान्छो छोराले बस्ने घर रोजेछ । माहिलोले खेत बारी, जेठोले बाँकी खेत, बारी तर, आमा बाबु कसैले रोजेनछन् । हिजो आज सबैतिर अग्रज, बूढाबूढी बेसहारा बनेका देखिन्छन्, राज्यले चासो सबैतिर गहिरिएर दिन सक्दैन ।
घर, परिवार व्यवस्थित गर्न केही सामान्य कुरालाई बुझ्न जरुरी छ । सर्वप्रथम गृहस्थले इन्द्रियलाई जित्न सक्नुपर्छ । असंयमी इन्द्रिय बेलगामको घोडा सरह हुन्छ । खर्चपर्चको जोहो गर्न पनि असहज हुन्छ । घाँटी हेरी हाड निल्नु भन्ने हाम्रा अग्रजको उखान नै छ । घर परिवारमा पति पत्नीको मिलन ठूलो कुरा हो, त्यही घरमा धनकी देवी लक्ष्मीको स्थायी बास हुन्छ जुन घरमा परिबारमा कलह हुन्न । विवाहको पहिलो २ वर्ष पत्नी चन्द्रमुखी हुने र स्रोता बन्ने पति शिक्षक हुने, दोस्रो २ वर्ष पत्नी सूर्यमुखी भई वक्ता, पति स्रोता हुने अनि ४ वर्षपछि पति, पत्नी दुबै वक्ता हुने छिमेकी स्रोता हुने परम्पराको थालनी भएको छ, हाम्रो समाजमा । वास्तवमा घर परिवारका गुरु, पुरोहित, बाबु, आमा, अतिथि, शरणागत, बृद्ध, बालक, रोगी, वैद्य, दाजु, भाइ, भतिजा, कुटुम्बका स्त्रीहरु, पुत्र, पत्नी सेवक कसैसँग विवाद नगर्नेले नै संसार जित्न सक्छ, सेवाद्वारा ईश्वरसम्मको सान्निध्य पाउन सक्छ । त्यसका सबै पापहरु छुट्छन् ।
आचार्य ब्रह्मलोकका मालिक हुन् भने पिता प्रजापति लोकका, अतिथि इन्द्रलोकका मालिक हुन् । अभ्यागत मिठो बोली गुण, दोष कथा जहाँ, हँुदैन आपूm जाँदामा किन जाने हरे त्यहाँ भन्ने उक्ति नै छ । गुरु, पुरोहित देवलोकका मालिक हुन् भने बन्धु बानधबहर विश्वदेव लोकका मालिक हुन् । आमा बाबाको खुशीमा पृथ्वीभरको विजयी हुन सकिन्छ भने वृद्ध, बालक, असहाय, रोगी दूर्बल र प्राणीको सेवाले आकाशको विजय प्राप्त हुन्छ । अग्रज दाजु पिता सरह हुन्छ भने श्रीमती, पुत्र, पुत्री, परिवार भनेका आप्mनै अंगहरु हुन्, एक अंगमा चोट लाग्नासाथ अन्य अंग शिथिल भइहाल्छन् । सेवक भन्नु आफ्नै छाँया हो, ऊ खुशी हुनुपर्छ । छोरी, दिदी, बहिनी भनेका वरुण लोकका मालिक हुन्, दयाकी खानी हुन् । यिनीहरुले आफुलाई पीडा दिएका भए पनि सहनु पर्छ । हिंसा नगर्ने, समदर्शी, सत्यवादी, धैैर्यवान सबैलाई आश्रय दिनसक्ने खुबी भएकालाई नै असल परिवार बा असल गृहस्थ भनिन्छ । अन्य तीन आश्रमभन्दा गृहस्थाश्रम बढी रसिलो छ र शास्त्रहरु यसैबाट पनि मोक्ष मिल्ने कुरामा विश्वस्त छन् । सबैको सेवा गर्न सकिने आश्रम नै गृहस्थाश्रम हो । देव, पितृ, ऋषि ऋणसम्म चुक्ता यही आश्रमबाट सम्भव छ । दम्पतीको सहकार्यले नै सबै काम गर्न सकिन्छ ।
व्यक्ति आफैंमा अशान्त छ भने ऊबाट अरुले शान्ति कसरी पाउने, सुख बिना शान्ति सम्भव छैन र शान्ति बिना आनन्दको सम्भव छैन, वेदबाट रहित हुने व्यक्ति आत्मज्ञानी हुँदैन, आत्मज्ञान बिना भुक्ति र मुक्ति दुवै सम्भव छैन । दोशदर्शी, कुटिल, आज्ञा केही नमान्ने, व्यर्थ तर्क त्यो पनि कुतर्क गर्नेलाई वेदले पनि केही गर्न सक्दैन । पाप र पुण्यको ख्याल नगर्नेले समाजलाई डोहो¥याउन सक्दैन । घर, परिवार समाजलाई नेतृत्व दिन नसक्नेले राष्टृलाई नेतृत्व दिन सक्दैन् र ऊ ज्ञानको अधिकारी पनि हुन सक्दैन । बोलिने शब्द, सुनिने श्रवण र शरीरका छिद्रहरु आकाशीय गुण हुन् । प्राण, चेष्ठा, स्पर्श यी तीन विषय वायुका गुण हुन् । रुप, नेत्र, जठराग्नी अग्निका गुण हुन् । रस, जिभ्रो र प्यार जलको गुण हो । गन्ध, नाक, शरीर भूमिको गुण हो । यसरी शरीरमा पाँच इन्द्रिय, छैठौँ मन, सातौँ बुद्धि र आठौँ आत्मा स्वयं द्रष्टा अर्थात् साक्षी बनेर सूक्ष्म ब्रह्माण्ड शरीरको सञ्चालन भईराखेको हुन्छ । विशाल संसार ईश्वरको साकार ब्रह्माण्ड हो । शरीरमा जे छ संसारमा त्यही छ । दुई तिहाई पानी शरीरमा भएभैmँ संसारमा पनि त्यही छ ।
देखिनेलाई साकार भनिन्छ नदेखिएर सञ्चालित निराकार हो, शरीरमा आत्मा छ संसारमा परमात्मा । बुझ्नेलाई यही धर्ती नै स्वर्ग हो, सुकर्म अर्थात् स्वर्ग, कुकर्म भनौँ नरक । पुण्य र पाप टाढा छैन् हाम्रै वरिपरि छ । कलिमा त आजको भोलि नै पाप र पुण्यको परिणाम देखिन्छ नै । आँखाले देख्ने काम गर्छ, मनले संकल्प, संशय गर्छ, बुद्धिले निश्चय गर्छ र इन्द्रियहरुले आफ्ना गर्छन् । मनबाट ३ गुणको उदय हुन्छ, सत्व, रज र तम । तिनको पहिचान भने आत्माले गर्छ । हर्ष, प्रेम, समताको उदय हुँदा सत्व गुण हुन्छ । अभिमान, असत्य र मित्थ्या भाषण, लोभ, मोह र असहनशीलता आयो भने रजो गुणको विकास मान्नु पर्छ । मोह, प्रमाद, निद्रा, आलस्य र अज्ञानता देखियो भने त्यो तमोगुणीको लक्षण भन्नु पर्छ । निस्काम भावले सुकर्म गर्नाले तपस्वी होइन्छ । तपस्वी हुन कतै जंगल बा कतै जानु पर्दैन, घर नै आश्रम हुन्छ, जहाँ क्रोध, हिँसा, तनाव, इष्र्या, वैमनस्यता, चुक्ली, जुवा, माँसभक्षण, मदिरा पान, दुव्र्यसन छैेन लक्ष्मीको बास त्यहीँ हुन्छ ।
हाम्रो आयु सय वर्षको हो, यो युगका लागि, तर सबैले त्यो सौभाग्य पाउँदैनन् । सत्य, त्रेता, द्धापर र कलियुग गरी ४ युग छन्, त्यसमा कलियुगमा छौँ हामी । यो आरम्भ भएको पनि ५ हजार १२५ वर्ष भइसकेको छ । यस्ता युगहरु २७ पटक यसअघि पू्रा भइसकेका छन् र अहिले हामी २८ औँ युगमा छौँ । देवताको १२ हजार वर्ष १ चतुर्यग हुन्छ,, १ हजार चतुर्युगको ब्रह्माको १ दिन हुन्छ । देवताको ४ हजार वर्ष १ सत्य युग हुन्छ । मानिसको १ वर्ष देवताको १ दिन रात हुन्छ । उत्तरायण देवताको दिन हो र दक्षिणाय रात्री हो । मानिसको १ मास पृतिको १ दिन रात हो, शुक्लपक्ष दिन हो र कृष्णपक्ष रात । सूर्याेदय र अस्तलाई दिन र रात भनिन्छ । १ वर्षमा २ अयन हुन्छन् । श्रावणदेखि पुससम्म दक्षिणायन हो भने माघदेखि असारसम्म उत्तरायण हो । १ वर्ष मा १२ मास हुन्छन्, १ मासमा ३० अहोरात्र हुन्छन् भने १ अहोरात्रमा ३० मुहुर्त हुन्छ, १ मुहुर्त अर्थात् झण्डै अढाई घडी वा १ घण्टामा ३० कला हुन्छ, १ कलामा ३० काष्ठा र १ काष्ठामा १५ निमेष हुन्छ । आखीभौँ झिम झिम गर्नुलाई निमेष भनिन्छ । यसरी हाम्रो काल गणना भएको छ, काल भन्नु समय हो ।
काललाई मृत्युको संज्ञा पनि दिइएको छ भनौँ संसारमा सबै मरणशील छन्, मृत्युको मूल कारण जन्म नै हो । जन्मलाई वाह वाह गर्न सक्छौँ हामी तर, मृत्युलाई सक्दैनौँ त्यसैले हामी अज्ञानी छौँ । खिर पायस चलाउने डाडुपन्यूँलाई त्यसको स्वाद थाहा हुन्न त्यसै गरी सुरा मोहको स्वाद पाएजस्तो गरी सबै विषय हामी मेरै हो भन्छौ, तर धतीमा जन्मदा एक्लै भएझैं, मृत्युमा पनि लगभग एक्लै हुने हो, मृत्यु पछिको सागर जाने कात्रोमा बगली केही हुन्न । धन, परिबार, पद, प्रतिष्ठा सबैलाई यहीँ छोडेर पाप र पुण्यको भागी भई एक्लै विदा हुनुपर्छ । अन्तिम सत्य त्यही हो जसले जे अर्थ लगाए पनि । अधम मानिस हिँस्रक पशुभन्दा पनि निकृष्ठ हुन्छ । अधम मानिसहरुले घर, परिबार, समाज देश सबैलाई खल्बल्याउँछन् । कानून सबै पुस्तकालयमा सीमित हुन्छन् । शुरुमा समाजको विकासक्रममा केवल दैवी कानुन मात्रै थियो, अहिले धेरै मानव कानून छन् तर, व्याख्या गर्नेको आफ्नो शैलिमा मात्र, किताबको ठेलीमा मात्र । घर र समाज वास्तवमा देशको बिम्ब हो, प्रति बिम्ब ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies