२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भुसालका दुई कृति सार्वजनिक

shivam cement
२०८१ असार २५ गते १७:३३
Shares
भुसालका दुई कृति सार्वजनिक

काठमाडौं : जन्मदिनको अवसर पारेर स्रष्टा ईश्वरीप्रसाद भुसालले आफ्ना पाठकहरुका लागि दुई कृति उपहारस्वरुप पस्केका छन् । सोमबार काठमाडौंमा एक विशेष समारोहबीच उनका दुई कृति कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ सार्वजनिक गरिएको हो ।

इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, महाकाव्याकार खेमनाथ दाहाल, नेपाल साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, टेकराज भुसाललगायतले कृतिको लोकार्पण गरे ।

स्रष्टा भुसालको जन्मोत्सवको अवसर पारेर मिलाप पब्लिकेशनले यी कृति सार्वजनिक गरेको हो । सो अवसरमा स्रष्टा भुसाललाई तारकेश्वर कला प्रतिष्ठान ब्राण्ड यु पिक्चर्स, डीआर म्युजिक एण्ड क्रियशन र युथ क्रियशनले सम्मान अर्पण गरेका थिए ।

मिलापका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशिष्ट कलाकार लय संग्रौलाले स्रष्टा भुसालको गजलसंग्रह ‘कसको आँखा लाग्यो’को समीक्षात्मक टिप्णी गरेका थिए भने महाकाव्यकार खेमनाथ दाहालले लामो कविता ‘अर्पण’का बारेमा टिप्पणी गरेका थिए ।

उनीहरूले स्रष्टा भुसालले मोफसलमा रहेर साहित्य क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्दै कृति प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । यस्तै साहित्य पत्रकार संघका अध्यक्ष लेकालीले कृतिका बारेमा आफ्ना धारणा राखेका थिए ।

समारोहमा आफ्ना भनाइ राख्दै सर्जक भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले अहिले चार वटा कृति प्रकाशनमा ल्याएको र अन्य केही पाण्डुलिपि तयार रहेको बताए ।

मिलाप पब्लिकेशनद्वारा प्रकाशित कृति ‘कसको आँखा लाग्यो’ र ‘अर्पण’को मूल्य दुई सय रुपैयाँ रहेको छ । कार्यक्रमलाई निर्देशक गणेश सुवेदीले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर