तिलु शर्मा पौडेल / मध्यान्ह
दोहा, कतार / कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आफ्नो संस्थाको खेलकुद विभाग बिस्तार गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्वमा सम्पन्न एक कार्यक्रमबाट उक्त विभाग बिस्तार गरिएको हो । कतारमा हुने भलिबल प्रतियोगितामा म्याग्देली टिमको दबदबा सधैँ रहने गरेको छ ।
जिल्लाको पहिचानका साथै सुस्वास्थ्य पनि रहने र प्रवासमा एक सूत्रमा बाँध्न पनि सकिने हुँदा खेलकुद विभागको अपरिहार्यता रहेको फगामीले बताए । भीम परियारको संयोजकत्वमा गठित मोना टिमको कप्तानको जिम्मेवारी बिरु विश्वकर्मालाई सुम्पिइएको छ भने कोषाध्यक्षमा प्रेम शेरचन, सह कोषाध्यक्षमा राम बाबु र सचिवमा विपिन मल्ललाइ ज़िम्मेवारी दिइएको छ । यस्तै सदस्यहरूमा अमिक मल्ल, रामचन्द्र खड्का, किसान परियार, जयन्द्र खत्री र कृष्ण चोखाल र सल्लाहकारमा सुरेश चोखाललाई चयन गरिएको छ ।
आफूले भलिबललाई जीवनको अभिन्न अङ्गको रूपमा लिएको र म्याग्दीको खेलाडीको रूपमा केही परिचय थप्न पाएकोमा आफुलाई खुसी लागेको संयोजक परियारले बताए । कार्यक्रममा बोल्दै परियारले कतारमा रहेका नयाँ तथा पुराना सबै खेलाडी सम्पर्कमा आउन र एकताबद्ध भएर अगाडी बढ्न समेत आग्रह गरे । नयाँ र पुराना नभनी सबै खेलाडीलाई समान स्थान दिने र एउटा मात्र टिममा नअटेको खण्डमा दुई तीन वटा टिम बनाएर अगाडी बढ्न सकिने भनाई टिमका कप्तान बिरुको छ । कप्तान बिरुका अनुसार खेलकुद विभागलाई थप बिस्तार सँगै नयाँ नयाँ खेलाडीहरूलाई स्थान दिइनेछ । नव गठित विभागले मोना कतारले सञ्चालन गरेको “गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामग्रीहरु पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔँ" भन्ने अभियानमा नगद ५० हजार रुपैयाँ सहयोगसमेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies